Tuesday, October 3, 2023

Vietnam Visit 2023

Tuesday, August 30, 2022

हरे कृष्ण हरे

 हरे कृष्ण हरे
हरे कृष्ण हरे ,हरे कृष्ण हरे
धेरै भो दर्शन छैन कता हराएछौ क्यारे !
अब त्यो चक्र  बोगेर यता आउने गरे
भ्रश्टचार अत्याचार धेरै भयो अ रे
अब  यसको हरण गरे
हरे कृष्ण हरे ,हरे कृष्ण हरे
भ्रश्टचारीको नाश गरे  ।
हरिहरि
महिशा सुर भन्दा ठुलो घुस खोर भा छन  
रावणले भन्दा भयङ्कर यहाँ घुस खाछन
कर्मचारी मन्त्री सबको मिलोमातो छ रे
ढिला सुस्ती,महङ्गीले जनता ऐया ऐया गरे ।  
हरे कृष्ण हरे ,हरे कृष्ण हरे
घुसखोर र भ्रश्टचारको दोलो काड्ने गरे  ।   
राधेराधे
जनताको यहाँ , झन झन बेहाल भा छ
चप्पले त्यो नेताले नि अरव अरव खाछ
चुप्प छन जनता तर सबलाइे  एक एक थाछ
उजर बाजुर गरे पनि न्याय दिने खै कहाँ छ ?
हरे कृष्ण  हरे , हरे कृष्ण हरे  
बिचरा जनताले टुलुटुलु हेरे   ।

यि नेताले भेटे भने तिम्लाई नि पट्ट्याउछन
यती शक्तीशाली छन कि तिम्लालाई सिद्धाउछन
जति खाए पनि न मुदा लाग्छ न अक्तियार
भन्छन भागबन्डाका ती सबै यीनका मतियार  
हरे कृष्ण  हरे , हरे कृष्ण हरे  
कोही परे सकुन,  कोही के अ रे  ।
हरी हरी    
लोकतन्त्र भने पनि जनताको सकरकार का छ
आफ्नो आफ्नो मान्छेले पद खान  पा छ
कृष्ण जि झुट बोली  जगतलाई  जोगाए
तर यि नेता झुट बोली जगतलाई  फसाए
अनेक तन्त्र कुराले जनतालाई नै सताए
शासन सत्ताको भोग गरी साँढे झै फत्ताए     
कोही कोही नेता राम्रो पनि  छ रे
तर ती बिचरा भई, पाखा पाखा परे
हरे कृष्ण  हरे , हरे कृष्ण हरे
दुष्ट बेमान धोकेबाज, सबको नाश गरे । 2
हरि हरि
प्रेम वली ढकलपुरे